Section 45
भुक्तानी दिने स्थान नलेखिएको विनिमेय अधिकारपत्र
भुक्तानीको लागि प्रस्तुत गर्नुपर्ने स्थान नलेखिएको प्रतिज्ञापत्र सो लेखिदिने व्यक्ति समक्ष र विनिमेयपत्र सो स्वीकार गर्ने व्यक्ति वा ड्रयी समक्ष निजको कारोबार गर्ने वा बसोबास गर्ने स्थानमा भुक्तानीको लागि प्रस्तुत गर्नुपर्नेछ ।